Sujang

८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान

डोटी ः दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को स्वीकृति कार्यक्रम अन्तर्गत शनिवार वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिक लाई दोसल्ला र यातायात खर्च बितरण गरेको वडाले जानकारी दिएको छ ।
वडामा रहेका जेष्ठ नागरिक प्रती हेर्ने दृष्टिकोण सकारात्मक होस् ,सम्मानपुर्बक जिबन यापनमा मद्दत पुग्नुका साथ उनीहरुको आत्मसम्मान बढाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष गणेश भण्डारीले बताए ।

जेष्ठ नागरिक लाई सम्मान कार्यक्रममा वोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (बिजयी)ले जेष्ठ नागरिक समाजका गहना भएको बताएका छन् ।
आफ्ना अग्रजहरुको सम्मान गर्नु भनेको भावी सन्ततिलाई आफू भन्दा ठुलाको सम्मान गर्न उत्पे्रणा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए ।
वडामा रहेका २२ जना ८० बर्ष माथिका जेष्ठ नागरिक सम्मानित गरिएको छ ।
जेष्ठ नागरीकलाई सम्मान गर्ने कार्यक्रमलाई नगरका सवै वडामा निरन्तरता दिनु पर्ने दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती महर साउँदले बताईन् ।
बुढापाकालाई यसरी सम्मान गर्नु यो भन्दा ठुलो धर्म अरु नभएको सम्मानित जेष्ठ नागरीकहरुले बताएका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.