Sujang

लडागडा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको नगर प्रमुख खड्काद्वारा उद्घाटन  

विक्रम खड्का ,डोटी :दिपायल सिलगढी नगरपालिका -८ लडागडा स्थित लडागडा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको नगर प्रमुख बाजी सिंह खड्का ‘विजय’ले उद्घाघाटन गरेका छन् ।
दिपायल सिलगढी नगरपालिका,गुडनेभर इन्टरनेसनल नेपाल  र सामुदायिक विकास केन्द्र डोटीको आर्थिक सहयोगमा शुक्रवार एक कार्यक्रमका बिच नगर प्रमुख खड्काले उद्वघाटन गरेका हुन्  ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले जनता प्रति  उत्तरदायी भएर काम गर्ने भावनाको विकास हुनुपर्ने जोड दिए । उनले भने,´स्थानीय सरकारको अनुभूति दिन सबैले आ- आफ्नो ठाउँबाट सेवा दिनुपर्ने छ। सोही अनुसार हामी कार्य गरिरहेका छौँ ।`
सेवालाई प्रभावकारी र दिगोपनका लागी नगरको निरन्तर सहयोग रहने  नगर प्रमुख खड्काले बताए ।
कार्यक्रममा बोल्दै  दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले नेपाल सरकारको नीति अनुरूप नगर सबै वडामा सेवा विस्तारको कार्यलाई  जोड दिएको बताए । उनले भने,´वडामा नमुना स्वास्थ्यचाैकी बनाउन विभिन्न  सेवा भित्र पर्दछन् । सोही अनुरूप ल्याबको दरवन्दि पालिकाको बिकट वस्तिबाट सुरु गरेर सेवा विस्तार गरेका हौँ । निर्धक्कसँग सेवा लिन सबैमा आग्रह गरे।`
उद्घाटन कार्यक्रममा नगर उप प्रमुख कल्पना महर साउँद, जिल्ला समन्वय समितिका सदस्य राम बहादुर खड्का ,वडा अध्यक्ष दशरथ बलायर लगायतको उपस्थिति रहेको थियो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.