Sujang

उत्कृष्ठ प्रशिक्षण स्थल बनाउन प्रयासरत छौँ :एसएसपी चन्द

Ban

गणेश मौनी, डोटी :सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश चन्दले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रलाई उत्कृष्ठ प्रशिक्षण स्थल बनाउन प्रयासरत रहेको बताएका छन् ।
देशका विभिन्न स्थानहरुमा प्रहरीहरुलाई प्रशिक्षण गर्न तालिम केन्द्रहरु रहेका छन् । ति मध्य सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द दिपायल पनि एक प्रशिक्षण स्थल नै हो ।
तालिम केन्द्रमा नयाँ प्रबेसी जवानहरुलाई प्रहरी बनाउन आवश्यक ज्ञानसिप र प्रहरी भईसकेकाहरुलाई थप ज्ञान, सिप दिने गरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रले पनि सोही अनुरुप प्रशिक्षणको कार्यलाई निरन्तरता दिदै आईरहेको एसएसपी चन्दले बताए ।

उनले भने तालिम केन्द्रको मुख्य काम नै विभिन्न दर्जाका प्रहरीहरुलाई विभिन्न बिधामा प्रशिक्षण गर्ने हो । दिपायल तालिम केन्द्रले प्रहरी बरिष्ठ नायब निरिक्षक र प्रहरी नायब निरिक्षक, जुनियर अफिसर दर्जा र प्रहरी जवान तथा प्रहरी हवल्दार दर्जालाई विभिन्न विषय बस्तुमा तालिम संचालन भईरहेको बताए ।
हाल प्रदेश प्रहरी तालिम केन्द्र अन्तरगत बुडर तालिम केन्द्रमा १ सय जना र दिपायल तालिम केन्द्रमा १ सय ९९ जना गरि २ सय ९९ जनाले आधारभुत प्रहरी तालिम गरिरहेका छन् । त्यस्तै ४९ जना प्रहरी सहायक निरिक्षकले एडभान्स तहको तालिम, ३० जनालाई अपराध अनुसन्धान सम्बन्धी तालिम र प्रहरी जवान तथा प्रहरी हवल्दारहरुलाइ सुरक्षा सम्बन्धी गरि चार समुहमा तालिम संचालन भईरहेको समेत एसएसपी चन्दले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र सबै श्रोत साधनले पूर्ण हुन सकेको छैन । तालिम केन्द्र संग भएको स्रोत साधनको पूर्ण उपभोग गर्दै तालिमलाई थप प्रभावकारी बनाउन लागिरेहको एसएसपी चन्दले बताए । २०४९ साल देखि प्रहरीलाई तालिम दिन सुरु गरेकोे दिपायल तालिम केन्द्रले आफु संग भएको स्रोत साधनको सदुपयोगमा तालिम संचालन गरिरहेको छ ।

एसएसपी चन्दले भने पछील्लो समयमा क्रमीक रुपमा सुधार भई महिला प्रहरीका लागि करिब ३ सय जना अट्न मिल्ने भवन बनेको छ बिकास क्रमीक रुपमा हुन्छ, भईरहेको छ । तालिमकेन्द्रमा तालिम दिईने जनशक्तिको आधारमा भौतिक पुर्बाधार, खानेपानी र शौचालयको थप ब्यवस्था गर्न सके तालिम अझ थप सहजरुपमा प्रशिक्षण दिन सकीने बताए । संगठनको उद्देश्य परिपुर्ति गर्नको लागि तालिम केन्द्रमा रहेका गुरुवा प्रशिक्षक, मातहतका कर्मचारीहरुले भरपुर प्रयास गरिरहेका र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाईने समेत एसएसपी चन्दले बताए ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.