गणेश मौनी :डोटी जिल्लाका साझा सवालहरुलाई उठान गर्नका लागि जिल्लाका सबै वडा अध्यक्षहरु एकजुट भएर अघाडी बढेका छन् ।
वडा अध्यक्षहरुले साझा रुपमा आईतबार दिपायलमा आयोजना गरेको सरोकारवाला निकाएहरु संगको समन्वयात्मक बैठकमा जिल्लाका साझा सवालहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले जिल्लाको पहिचान बोकेका साझा मुद्धाहरुको सवालमा एकजुट भएर अघाडी बढ्ने छलफल भएको बताए । उनले भने हाम्रो पाचँ वर्षको कार्यकाल हुन्छ एक वर्ष जान थाल्यो अब चार वर्ष बाकी छ जिल्ला भरीका सबै वडाअध्यक्ष मिलेर केही साझा काम गर्न अघी बढेका छौ ।
वडा अध्यक्षहरुको साझा छलफलबाट डोटी जिल्लामा विशेषज्ञ डाक्टर सहितको पाचँ बेड सहितको आईसियू सेवा संचालन गर्नको लागि पहल भईरहेको शिखर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिपक बोगटीले बताए । भनले भने जिल्लामा आईसियू सेवा नहुदाँ डोटीबाट कैलाली, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने बाध्यता छ लाखौ रुपायाँ खर्च गर्नुपर्छ । जिल्लामा स्थापना गर्दा आम नागरिकलाई सहज हुने बताए ।
केही दिनमा जिल्लाका साझा सवालहरुमा छलफल गर्नका लागि सबै पालिका प्रमुख उपप्रमुख, वडाअध्यक्ष, जिल्लाका सरोकारवालानिकायहरुको सहभागिता हुनेगरी बृहत रुपमा छलफल कार्यक्रमको आयोजना गर्ने योजना रहेको समेत वडा अध्यक्ष बोगटीले बताए ।
छलफल कार्यक्रममा बोल्दै सामुदायीक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले पालिकाभित्रका विभिन्न योजनाहरु मध्य केही कामलाई नमुनाको रुपमा अघी बढाउन सके थप प्रभावकारी हुने बताए । पछील्लो समयमा दिनानु दिन बढ्दै गईरहेको बेरोजगारको समस्यालाई मध्यनजर गर्दै स्वरोजगार सृजना गर्ने कार्यक्रमहरुर्लाइ बढी प्राथमिकता दिनुपर्ने समेत बताए ।
छलफल कार्यक्रमका प्रमुख अथिती समेत रहेका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले जिल्लाका साझा सवाललाई उठान गरी पहल कदमी गर्न सबै क्षेत्रबाट सहयोग पाईने बताए । उनले भने तपाईहरुले यी साझा सवाल जनताको हितमा छन भनेर उठान गर्नुहोस नगरपालिका कहिल्यै पछाडी हट्दैन, जनताको पैसा जनताको लागि काम गर्न किन पछाडी हट्नु ।
साझा सवालहरु उठान गर्दा जिल्लाको समग्र क्षेत्रलाई समेट्नुका साथै आम नागरिकबाट राय सल्लाहा लिदा थप प्रभावकारी हुने समेत नगर प्रमुख खड्काले बताए ।
डोटी जिल्लाका साझा सवालहलाई उजागर गर्न सबै निकाएको सहयोग तथा सहकार्य आवश्यक रहेको कार्यक्रमका अध्यक्ष समेत रहेका दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । उनले भने डोटी जिल्ला साबिकको ९ जिल्लाको क्षेत्रीय सदरमुका, ऐतिहासीक डोटी गौणाको पहिचानलाई कायम राख्न पनि विभिन्न क्षेत्रको बिकास आवश्यक रहको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले डोटी जिल्लाका साझा सवालहरुलाई सम्बोधन गर्न जोड दिनुपर्ने बताए । विशेषगरी खुटीया दिपायल फास्ट ट्या«क निमार्ण तथा सुचारु, खप्तड क्षेत्रको प्रवद्र्धन तथा बिकास, साबीकको सुदुरपश्चिमको क्षेत्रीय सदरमुकामको ऐतिहास झल्नेकी चिज बस्तुको संरक्षण तथा प्रवद्धन, आईसियू सहित सुबिधा सम्पन्न अस्पताल, शैक्षिक क्षेत्रमा नमुना प्राबिधीक कलेज स्थापना, धार्मिक, पर्यटकीय स्थलहरुको पहिचान एवं संरक्षण लगाएका सवालहरुमा जोड दिएका थिए ।
सरोकारवाला निकाएहरुसंगको समन्वयात्मक छलफलमा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख, विभिन्न पालिका अन्र्तरगतका वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधी, पत्रकार, नागरिक समाजका प्रमुख प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।
डोटी जिल्लाका समसामयीक सवालहरुलाई उजागर गर्न आगामीदिनमा पनि विभिन्न छलफल, अन्र्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनुका साथै साझा सवालहरुलाई सम्बोधन गर्न प्रदेश सरकार, संघीय सरकारलाई पनि मागको रुपमा अभियानलाई अघाडी बढाउने योजना रहेको आयोजकले बताएको छ ।
छलफल कार्यक्रममा जिल्ला भित्रका सबै वडा अध्यक्षहरुले सहभागिता जनाउन नसकेपछी पहीलो पटक भएको छलफल कार्यक्रममा सबै वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । डोटी जिल्लामा ९ वटा स्थानीय तहका ६५ वटा वडाहरु रहेका छन् ।