Sujang

बिरामीलाई फलफुल बितरण

गणेश मौनी :नेपाल स्वंयमसेबि रक्तदाता समाज नेपाल डोटी शाखाले १७ औ बार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई आईतबार फलफुल बितरण गरेर मनाएको छ ।
सामाजिक सेवा गर्ने उद्देश्यले स्थापीत संस्थाले आम नागरिकका साझा सवालमा एकजुट भएर अघाडी बढ्नु पर्छ भन्ने सन्देश प्रबाहहोस भन्ने हेतुले विभिन्न कार्यक्रम गरेर दिवस मनाईएको नेपाल स्वंयमसेबि रक्तदाता समाज नेपाल डोटी शाखाका अध्यक्ष शुशिल धर्तिले बताए । उनले भने हाम्रो मुख्य उद्देश्य भनेको डोटीमा आम नागरिकले आवश्यक परेको समयमा निशुल्क तथा सहज रुपमा रगत पाउन भन्ने हो सोही अनुरुप पहल भईरहेको समेत बताए ।
जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामीहरुलाई फलफुल बितरण गरी संस्थाको कार्यको बारेमा जानकारी गराउदाँ एक खालको सन्देश प्रबाह भएको जिल्ला अस्पताल डोटीमा कार्यरत एम बि बि एस डाक्टर राजेन्द्र फुलाराले बताए ।

मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएका सामाजिक संस्थाहरुले जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्यलाई जोड दिनुपर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । फलफुल बितरण कार्यक्रममा सहभागि जनाउदै समन्वय प्रमुख सिंहले संस्थाले डोटी जिल्लामा रगत आपुर्तिको लागि पहल गरिरहेकोले यस्ता सामाजिक कार्यलाई स्थानिय सरकार र अन्य सरोकारवाला निकाएले पनि सहयोग गर्नुपर्ने बताए ।

आज पर्न गएको नेपाल नर्सिङ दिवसको अवसरमा पनि संस्थाले जिल्ला अस्पतालमा कार्यरत दुई जना नर्सिङ कर्मचारीलाई खादाहालेर कामको सम्मान गरेको नेपाल स्वंयमसेबि रत्तदाता समाज नेपाल डोटी शाखाले जनाएको छ ।
फलफुल बितरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, जनप्रतिनिधीहरु, शाखाका पदाधीकारी, स्थानीय, स्वास्थ्यकर्मि, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.