Sujang

टोलटोलमा स्टेचर बितरण

Ban

गणेश मौनी ,डोटी :नेपाल रेडक्रस सोसाईटी सुना देबी उप शाखा लडागडाले डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ अन्तरगत रहेका सम्पूर्ण टोहरुलाई बुधबार एक कार्यक्रमका बिच स्टेचर बितराण गरेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ को सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीको समन्वयमा स्टेचर बितरण गरिएको सुनादेबी उपशाखाका सभापती मान बहादुर कडायतले बताए ।

वडा अन्तरगत रहेका बेडगाउँ, मेल्तोली, देउरा, सेटीगाउँ, सेरीगाउँ, डाडाँ गाउँ, गोदणा, नारिदान टोलका साथै वडा भित्र रहेका सुनादेबी माबी, चौखान माबि र लगागडा स्वास्थ्य चौकीलाई गरी १।१ थान स्टेचर बितरण गरिएको र केही थान शाखा संग पनि रहेको उपशाखा सभापती कडायतले बताए ।
सुनादेबी उपशाखाले टोलटोलमा स्टेचर बितरण गर्दा विरामीहरुलाई स्वास्थ्य संस्था सम्म सहज रुपमा आवत जावत गर्न सहज हुने जिल्ला समन्वय समिति डोटीका सदस्य राम बहादुर खड्काले बताए ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका खड्काले स्थानीय सरकारले गर्नुपर्ने महत्वपूर्ण काम मध्य स्वास्थ्य क्षेत्र पनि एक भएकोले यसलाई प्राथमीकताका साथ हेर्नुपर्ने बताए । टोलटोलमा स्टेचर हुदाँ प्राकृतिक प्रकोप र जोखिमको समयमा पनि आम नागरिकलाई सजह हुने भएकोले उपशाखाले स्टेचर बितरण गरेको प्रति धन्यवाद समेत ब्यक्त गरेका थिए ।

उपशाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिती डोटीका सदस्य राम बहादुर खड्का, नेपाल रेडक्रस सोसाईटी जिल्ला उप सभापती खडक बहादुर खड्का, शाखाका आजिबन सदस्य, साधारण सदस्य, स्वास्थ्यकर्मि, पत्रकार र स्थानीय बासीहरुको सहभागिता रहेको थियो । २०७८ साल फागुन २७ गते सुनादेबी उप शाखाको बैधानीकता पाई संचालनमा रहेको उप शाखाले समय समयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.