Sujang

पालिकालाई सन २०२२ को प्रगती र २०२३को योजनाबारे जानकारी

गणेश मौनी ,माघ ८ डोटी :समान पहुच बिकास केन्द्र डोटीले डोटीको बोगटान फुड्सील गाउँपालिकामा संस्थाले पालिका भित्र सन २०२२ मा गरेको कार्यक्रमको प्रगती र सन २०२३ मा पालिकामा गर्ने नयाँ कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
संस्थाले शुक्रबार पालिकामा एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको हो । यु एम एनको सहयोगमा संचालित सक्षम र बालबालिका उत्थानशिल परियोजना अन्र्तरगत संस्थाले गाउँपालिकाभित्र एक बर्षको अबधीमा गरेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै नयाँ योजनाको बारेमा जानकारी गराएको समान पहुचँ बिकास केन्द्र डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए ।

कार्यक्रमको सभाध्यक्ष समेत रहेका जोशीले संस्थाले पालिकाभित्र विभिन्न कार्यक्रमहरु संचालन गरेको छ तिनिहरुलाई दिगो राख्न आवश्यक रहेको बताए । उनले भने संस्थाले सहयोग तथा सहजिकरण गरेर सबै वडाहरुको सामाजिक परिक्षण कार्यक्रम, बिपद ब्यवस्थापन उदार कोषको स्थापना लगाएतका कार्य गरेकोले यस्ता कार्यक्रमलाई पालिकाले आगामी दिनमा निरन्तरता दिई अपनत्व लिनुपर्ने समेत बताए । संस्थाको सहयोगमा वडा नम्बर २,३,५ र ६ मा बिपद ब्यवस्थापन उद्दार कोषको स्थापना गरिसकेको र अन्य वडाहरुमा पालिकाले स्थापना गर्न आवश्यक रहेको समेत बताए । कोष स्थापना गर्दा आकस्मीक समस्याहरु पर्दा उत्त, कोषबाट सचालन गर्न सहज हुने समेत अध्यक्ष जोशीले बताए ।

संस्थाले बोगटान फुड्सिल गाउँपालिका भित्र गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराउदा संस्थाको पारदर्शिता देखिनुका साथै संस्थाले गरेका कामलाई दिगो ब्यवस्थापन गर्न पालिकालाई सहज हुने बोगटान फुड्सिल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले बताए । कार्यक्रमको प्रमुख अथिती समेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्दले संस्थाले यस पालिकामा गरेका कामहरु प्रभावकारी हरेको बताउदै आगामी दिनमा पनि संस्थाले गर्ने क्रियाकलापहरुको बारेमा पालिकालाई जानकारी गराई दोहोरो समन्वय सहकार्यका साथ अघाडी बढ्नुपर्ने बताए ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य, कर्मचारी, स्थानिय सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.