Sujang

दिसिनपाले बाल संरक्षण लागि पञ्चबर्षिय रणनितिक योजना निमार्ण गर्दै

पुस ७ ,डोटी :डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षणका लागि पञ्चबर्षिय रणनितिक योजना निमार्ण कार्यका लागि दुई दिने कार्यशाला गोष्ठी शनिबार सिलगढीमा सम्पन्न भएको ।
बल्र्डभिजन ईन्टरनेशनल नेपाल र समान पहुच बिकास केन्द्र डोटीको सहजिकरणमा नगरपालिकाले बाल संरक्षणका लागि पञ्चबर्षिय रणनितिक योजना निमार्ण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निमार्ण गर्न लागिएको पञ्चबर्षिय रणनिति योजना नगरभित्र रहेका बालबालिकाहरुको बास्तबीक समस्था एवं सवाललाई सम्बोधन गर्ने किसीमको निमार्ण गरिने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । उनले भने बालबालिकाको क्षेत्र भनेको अत्यन्तै सम्बेदनशिल क्षेत्र हो यस क्षेत्रलाई विशेष चासोका साथ हेरिनुपर्ने बताए ।
बालबालिकाका आवश्यकता लाई सधै ध्यान दिई सोही अनुरुपका निति तथा कार्यक्रमलाई प्राथमीकता दिने समेत बताए । समान पहुच बिकास केन्द्र डोटीले सहयोग गरि निमार्ण हुन लागेको पञ्चबर्षिय रणनितिक योजना संस्थाको नभईनगरपालिकाको भएकोले यसलाई मुर्तरुप दिई कार्यान्वयन गर्न नगरपालिका तयार रहेको समेत बताए । नगरलाई संस्थाले गरेको प्रशंसा गर्दै धन्यबाद समेत दिएका थिए ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र समान पहुच बिकास केन्द्र डोटीको साझेदारीमा संचालन भईरहेको एकिकृत बाल संरक्षण तथा स्पोन्सरसीप परियोजना अन्तरगत दिपायल सिलगढी नगरपालिकाको बाल संरक्षणका लागि पञ्चबर्षिय रणनितिक योजना निमार्ण कार्यमा सहयोग गरिएको परियोजना बाल संरक्षण अधिकृत दिपीका बोहराले बताईन् ।
परियोजना अन्र्तगत पालिकालाई आवश्यकता अनुसार बालबालिका सम्बन्धी निति नियम, कार्यबिधी निमार्णमा सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गरिने बताईन् । संस्थाको सहजिकरणमा डोटीका आदर्श गाउँपालिका, सायल साउँपालिका र पुर्विचौकी गाउँपालिकाको पञ्चबर्षिय रणनितिक योजना निमार्णको खाक तयार भईसकेको समेत अधिकृत बोहराले बताईन् ।

समान पहुचँ बिकास केन्द्र डोटीले बालबालिका संग सम्बन्धीत सवालहरुलाई अध्याबधी गर्न सहज होस भन्ने हेतुले एक सेट कम्यूटर पनि नगरपालिकालाई सहयोग गरेको छ ।

दुई दिन सम्म छलफल भएको गोष्ठीमा रणनितिक योजना निमार्णका लागि बल्र्डभिजन ईन्टरनेशनल नेपाल र समान पहुच बिकास केन्द्रले दिपायल सिलगढी नगरपालिकाको बाल संरक्षणको अवस्थाको बारेमा गरेको अध्ययन प्रतिबेदन माथी छलफल, रणनितीक योजनाको खाका माथी बृहत रुपमा छलफल भई खाका तयार गरिएको छ ।

कार्यशाला गोष्ठीमा दिपायल सिलगढी नगरपालिकाका कार्यपालिका सदस्य, सरोकारवाला, बाल क्लबका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.