Sujang

जेष्ठ नागरिकलार्ई सम्मान स्वरुप कम्मल बितरण

गणेश मौनी ,पुस ७, डोटी :दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले जेष्ठनागरिकको सम्मान स्वरुप वडा भित्र रहेका ८५ जना जेष्ठ नागरिकलाई कम्मल बितरण गरेको छ ।

आर्थिक वर्ष २०७९।०८० मा बिनियोजित जेष्ठ नागरिक, एकल महिला, अपांग लाई सम्मान कार्यक्रम अन्तरगत पुस मसान्त सम्म ६८ वर्ष उमेर पुगेका एक घरपरिवारको एक जनालाई हुने गरि वडा भित्रका सबै जेष्ठ नागरिकलाई कम्मल बितरण गरेको वडा नम्बर ६ का वडा सचिब हरीसुन्दर श्रेष्ठले बताए ।

जेष्ठ नागरिक आमा बुवा, हाम्रा जजनी हुन उनिहरुको सम्मान र आर्शिबाद हामीहरुलाई सदैब आवश्यक हुने भएकोले चिसोको समयमा बृद्धआमाबुवाहरुलाई केही राहात पुगोस भन्ने हेतुले विपन्न परिवार सहितका जेष्ठनागरिकहरुलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । उनले भने चिसोको समय बढेकोछ, जेष्ठनागरिकको आदर,सत्कार गर्नुपर्छ सोही अनुरुप सम्मान गरेको बताए । वितरण गरिएको न्यानो कम्बलले बृद्धबृद्धालाई केही राहत पुगेको समेत वडा अध्यक्ष मलासीले बताए । निकट भविष्यमा वडाका नागरिक लाभान्वित हुनेगरि स्वास्थ्य शिविर, महिलाहरुलाई लक्षित महिलाहरुको स्वास्थ्य परिक्षण लगाएका कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको समेत अध्यक्ष मलासीले बताए ।

वडाले गरेको सम्मान ग्रहण गर्दै दिपायल सिलगढी नगरपालिका ६ की स्थानीय शान्तु जोशीले वडाले आफूहरूको अभिभावकत्वको भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरिन । समाजमा रहेका असहाय अशक्तलाई सहयोग गरेको भन्दै ७० वर्षीय ध्रुव देवी भट्टले वडाले गरेको कामको प्रसंशा समेत गरेकी थिईन् ।
कम्पल ग्रहण गर्दै स्थानिय गोपी नेपालीले नजिकको स्थानिय सरकार भनेको वडा कार्यालय भएकोले आगामी दिनमा पनि जेष्ठनागरिकहरुलाई राहात पुग्ने कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । वडाले कम्मल बितरण गरेको भन्दै वडालाई धन्यवाद समेत दिएका थिए ।

वडाको बार्षिक कार्यक्रम अनुसार जेष्ठनागरिकहरुलाई सम्मान गरिएको वडा नम्बर ६ का वडा सदस्य दिपा श्रेष्ठले बताईन् । उनले भनीने हाम्रो वडामा रहेका सबै जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्मल बितरण गरिएको हो केही जेष्ठ नागरिकहरु छुटेका छन् तिनिहरुलाई पनि सहयोग गरिने बताईन् । केही दिन भित्र वडा अन्र्तरगत रहेका अपांग र एकल महिलाहरुलाई पनि कम्मल बितरण गर्ने कार्यक्रम रहेको समेत वडा सदस्य श्रेष्ठले बताईन् । जेष्ठ नागरिक, एकल महिला, अपांग लाई सम्मान कार्यक्रम अन्तरगत वडाले ३ लाख ५० हजार रुपयाँ बिनियोजन गरेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.