Sujang

जन्मदिनमा वडा अध्यक्ष खड्काद्वारा आर्थिक सहयोग र फलफूल वितरण

डोटी :जन्मदिनको अवसरमा दिपायल सिलगढी नगरपालिका – २ का वडाध्यक्ष राजेन्द्र खड्काले अस्पताल र दुःखी पीडितका घरमा पुगेर जन्मदिन मनाएका छन्।

उनले जिल्ला अस्पताल डोटी र सुजङ्ग अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेका छन् भने केही दुःखी पीडितलाई वडा कार्यालयको तर्फबाट आर्थिक सहयोग गरेका हुन् ।

उनले मंगलबार आफ्नो ३५औं जन्मदिनको अवसरमा बिरामीलाई फलफूल वितरण गर्नुका साथै वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई एक जोड न्यानो लुगा उपलब्ध गराएका छन् । जन्मदिनकै अवसर पारेर उनले वडाको “विभिन्न व्यक्ति तथा संस्थालाई राहत एवं आर्थिक सहायता शीर्षक” बाट ५५ हजार नगद आर्थिक सहयोग गरेका छन् ।

ब्लड प्रेसरका कारण ज्यान गुमाएका दिपायल सिलगढी नगरपालिका – ४ का वडा सदस्य श्याम कठायतको परिवारलाई क्रिया खर्च वाफत २५ हजार आर्थिक सहयोग गरेका हुन् ।

त्यस्तै उपचारका क्रममा निधन भएका दिपायल सिलगढी नगरपालिका- २ का बालक अन्सु कठायतको परिवारलाई २० हजार र दिपायल सिलगढी नगरपालिका ५ का राजु देवी लुहरको उपचारका लागि १० हजार आर्थिक सहयोग गरेको उनले बताए ।

जन्मदिनको अवसर पारेर हुने खर्च कटौती गरेर सामाजिक कार्यमा लगाएको अध्यक्ष खड्काले बताए । जन्मदिनमा केक काट्ने, पार्टी दिने खर्च घटाएर बिरामी एवं बृद्धाश्रममा रहेका व्यक्तिलाई सहयोग गरेको उनले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.