Sujang

बिरामीलाई उपचारका साथै बोली ब्यबहार पनि महत्वपूर्ण छ :डा.सिंह

गणेश मौनी :सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलकी प्रमुख प्रहरी नायब उपरिक्षक स्त्रिःरोग विशेषज्ञ डा.सबिता सिंहले अस्पतालमा सेवा लिन आउने सेवा ग्राहीहरुलाई गरिने उपचारका साथै उनिहरुसंग गरिने बोली ब्यवहार पनि उत्तिकै महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले भनिन् सेवा लिन आउने ग्राहीलाई छिटो छरीतो तथा गुणस्तरीय सेवा प्रबाह गर्ने हाम्रो मुख्य दायीत्व नै हो त्यसका साथै सेवा ग्राही के भएर अस्पताल आएका हुन उनको कुरा सुन्ने, बुझ्ने सोही अनुरुपको उपचार गर्नुका साथै बिरामीलाई सान्तोना दिदाँ, हौसला दिदाँ बिरामीहरुको मनोबल बढ्ने भएकाले उनिहरु संगको बोली ब्यवहार पनि अति नै महत्वपूर्ण हो ।
प्रहरी अस्पतालमा अहिले सम्म सेवा लिन आएका बिरामीहरु सन्तुष्ठ भएर घर फर्केेको अनुभव डा. सिंह संग छ । केही सेवाग्राहीहरु सुरुमा अन्य हस्पीटलमा उपचार गर्न जान्छन् त्यहा ठिक नभएपछी प्रहरी अस्पतालमा आएर सेवा लिई ठिक भएर घर फर्केका समेत बताईन् ।
रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय हो डा. सिंहले भनिन् हरेक ब्यक्तीले ब्यक्तिगत सरसफाई, नियमीत स्वास्थ्य चेकजाँच, खानपीन,नियमित ब्यायममा ध्यान दिन आवश्यक रहेको समेत बर्ताइन् ।

प्रहरी अस्पतालमा बढीजसो पाठेघरको संक्रमण, बाझोपन, महिलाहरुको तल्लोपेट दुख्ने जस्ता लक्षणका बिरामीहरु आउने गरेको भएपनी सामान्यतया रुघाखोकी, चोटपटक लागेको, छालाको संक्रमण, नसाको समस्या, सुगर, प्रेसरका बिरामीहरु पनि आउने गरेको समेत डा. सिंहले बताइन् ।

प्रहरी अस्पतालमा उपचार सेवा छिटो छरीतो र गुणस्तरीय रहेको दिपायलका स्थानिय बासी शंकर द्धारीयाले बताए । उनले भने अन्य अस्पतालमा जादाँ धेरै समय लाग्ने, लाईनमा बस्नुपर्ने उपचार पछी रिपोर्ट ढीला आउने, सामान्य उपचारको लागि पनि दिनभर कुर्नुपर्ने हुन्छ तर प्रहरी अस्पतालमा तुरुन्त उपचारका साथै रिपोर्ट पनि तुरुन्त आउने गरेको बताए ।

प्रहरी अस्पतालमा सेवा लिन आउनु भएकी आदर्श गाउँपालिका १ की राजमती खड्काले छोरा छोरी घरपरिवार बिरामी हुदाँ प्रहरी अस्पतालमा आउने गरेको बताईन् । उनले भनीन् अन्य अस्पतालमा जादाँ पैसा घेरै लाग्छ, उपचार पनी ढीलो हुन्छ, धेरै समय कुर्नुपर्ने हुन्छ तर यहाँ पुग्नु मात्र हो उपचारको काम फटाफट हुन्छ सस्तो शुल्कमा प्रहरीले सहयोग गरिदिन्छन् ।

दिपायल स्थित सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रदिपायल संग जोडिएको सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले बहालवाला नेपाल प्रहरी र भूपु प्रहरीहरुलाई मात्र नभई आम सर्बसाधारणले पनि सहज रुपमा सेवा लिन पाउने ब्यवस्था रहेको सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलले जनाएको छ ।

अस्पतालमा सेवा लिन स्थानिय सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिकाबाट आउने गरेको भएपनि अन्य स्थानबाट पनि सेवाग्राही आउने गरेको अस्पतालले जनाएको छ ।

क्षेत्रीय प्रहरी अस्पतालमा बिहान ९ बजे देखि ३ बजेसम्म ओपीडी सेवा चल्ने गर्छ भने आकस्मीक सेवा २४ घण्टा खुल्ला रहेको हुन्छ । अस्पतालले ओपीडी सेवा सामान्य रोगको चेकजाचँ, सर्जन सेवाको लागि परामर्श ,ल्याप सेवा, फिजियो थेरापी सेवा पनि उपलब्ध गराउदै आएको छ ।

सुदुरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले धनगढीमा पनि शाखा खोलेर सेवा प्रवाह गर्दै आईरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.