Sujang

सार्वजनिक बिदाको दिन कार्यालय खुल्ला रहने

Ban
Krishi

गणेश मौनी,पुस २९, डोटी:आन्तरिक राजस्व बिभाग मातहका कार्यालयहरु पौष ३० गते शनिबार सार्वजनिक बिदाको दिन पनि खुल्ला रहने भएका छन् ।
बिभागले एक सुचना जारि गर्दै पौष महिनामा आयकरको ४० प्रतिशत किस्ता दाखिला हुने र आय बिवरणको म्याद थप भई आय बिवरण तथा रकम जम्मा गर्न सकिने सेवा ग्राहीलाई जानकारी गराएको थियो ।
सोही अनुरुप राजस्व संकलन गर्ने अन्तिम दिन २०७९ साल पौष ३० गते शनिबार सार्वजनिक बिदा परेकोले उक्त दिन राजस्व संकलन गर्ने बैंक शाखा तथा काउण्टरहरु संग समन्वय गरि आन्तरिक राजस्व बिभाग मातहतका देशभरका ठुला करदाता , मध्यमस्तरीय करदाता, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरु खुल्ला रहने भएकोले राजस्व बुझाउन छुटेक सेवाग्राहीहरुलाई राजस्व बुझाउने ब्यवस्था मिलाएको सुचनामा उल्लेख गरेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.