Sujang

डोटीमा माेटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु

भदौ, २४ गते -डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।                                  शुक्रबार जिल्लाको जोरायल गाउँपालिका–१ मणिपुर निवासी ३४ वर्षीय भूपेन्द्र मल्लको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।          प्रहरीका अनुसार घोरडी मणिपुर सडकखण्डमा सुप प्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना भएपछि उनको ज्यान गएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटना भएको बताइएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.