Sujang

जिल्ला समन्वय समिति संयोजक कलेलको निधन

Ban

पुस २३, कैलाली :जिल्ला समन्वय समिति कैलालीका संयोजक पदमबहादुर कलेलको निधन भएको छ । उपचारका क्रममा उनको शनिबार दिउँसो साढे १ बजे वीर अस्पताल काठमाडौंमा निधन भएको हो ।

मिर्गौला र कलेजेको बिरामी रहेका उनी एक महिनादेखि काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ निवासी ५२ वर्षिय कलेल नेपाली कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । उनका तीन छोरा र दुई छोरी छन् । उनको शव शनिबार नै काठमाडौंबाट गृहनगर मसुरियाको बढैपुरमा ल्याउने तयारी भइरहेको छ ।

कलेलको निधनमा नेपाली कांग्रेस कैलालीले एक दिन (आइतबार) पार्टीको झण्डा झुकाउने निर्णय गरेको जिल्ला सचिव केशवराज मिश्रले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.