Sujang

सर्पदंशक उपचार भवनको नगर प्रमुख खड्काद्वारा उद्घाटन

डोटी : सुदुर पश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा रहेको नव-निर्मित सर्पदंशक उपचार शाखाको भवन नगर प्रमुख बाजी सिंह खड्काले उद्घाटन गरेका छन् ।

सामाजिक विकास मन्त्रालय कैलालीको आर्थिक सहयोगमा निर्माण गरिएको सर्पदंशक उपचार शाखा नव-निर्मित भवनको शुक्रवार नगर प्रमुख खड्काले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले सर्पको टोकाइले अकालमा ज्यान गुमाउनु पर्ने समस्याको समाधान हुने बताए ।

सर्पदंशक उपचारमा केही आवश्यक परेको समयमा जुनसुकै बेला नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी कर्मचारी तथा जिल्लाका सर्वसाधारण जनताहरूलाई सर्पदंशक उपचार सेवा नि-शुल्क प्रदान गर्ने उद्देश्यले उक्त भवन निर्माण गरिएको सुदुर पश्चिम प्रहरी अस्पतालका प्रमुख डा.सबिता सिंह बताइन् ।

सुदुर पश्चिम प्रदेश प्रहरी अस्पताल सर्पदंशक उपचार शाखाको नव-निर्मित भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्का , उप- प्रमुख कलावती महर साउँद ,वडा अध्यक्ष ,स्वास्थ्यकर्मी,प्रहरी ,स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.