Sujang

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटीको अध्यक्ष साउँद

डोटी :राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटी जिल्ला अध्यक्षमा खगेश्वरी साउँद चयन गरिएको छ।

बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट साउँदको अध्यक्षतामा प्रतिष्ठानको डोटी जिल्ला समिति चयन गरिएको हो ।

समितिको प्रथम उपाध्यक्ष हिमालय टेलर, द्वितीय उपाध्यक्षमा निर्मला खत्री, सचिवमा छत्रकमल पाठक, कोषाध्यक्ष प्रीन्स नेपाली, सह–सचिव केशव राज फुलारा, सह–कोषाध्यक्ष दल बहादुर भण्डारीलाई चयन गरिएको  छ ।

त्यस्तै जिल्ला अधिवेशनले प्रदेश प्रतिनिधिहरू पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिहरूमा निवर्तमान अध्यक्ष प्रेम बहादुर नेपाली, खगेश्वरी साउँद, निर्मला खत्री र शेर बहादुर साउँद रहेका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.