Sujang

पूर्वीचौकीका अध्यक्षले भेटे गृहमन्त्री, भूकम्प पीडितको पुनर्स्थापना गर्न माग

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले उप-प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। मंगलबार गृह मन्त्रालयमा भएको भेटमा उपाध्यायले भूकम्प पीडितको समस्या समाधानका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उपाध्यायले भूकम्प पीडितको अवस्थाका बारेमा जानकारी गराउँदै पीडितको पुनर्स्थापना र राहतका लागि संघ सरकारको ध्यानाकर्षण गराएका हुन्। भेटमा गृहमन्त्री लामिछानेले भूकम्प पीडित जनताको पुनर्स्थापना र राहतका विषयमा गम्भीर रहेको बताउँदै सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष उपाध्यायले बताए।

कार्तिक २२ गते खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। गाउँपालिकाका एक हजार ५० भन्दा बढी घरमा पूर्ण क्षति भएको जनाइएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.