पुस १८ ,डोटी :डोटीको आदर्श गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शिविर सञ्चालन गरेको छ।
गाउँपालिकाले दुई दिने अपाङ्गता परिचय पत्र वितरण शिविर सञ्चालन गरेको हो।
शिविरमा डा.रामलाल बहादुर धामी , स्टाफ नर्स मिना खड्का,न्यायिक समिति संयोजक लक्ष्मी धामी रोकाय ,स्वास्थ संयोजक बमबहादुर खड्का , प्रमुख प्रसासकिय अधिकृत षडानन्द ओझा , न्यायीक समितिका कर्मचारी, पालिका कर्मचारी लगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई पहिचान गरी परिचय पत्र वितरण गरेका थिए ।
यसरी गाउँपालिले शिविर सञ्चालन गरेर अपाङ्गता भएकालाई पहिचान गरी अपाङ्गता कार्ड वितरण गर्न थालिएपछि स्थानीय अपाङ्गता भएका व्यक्तिहरू हर्षित भएका छन् ।
स्थानीय सरकारको महशुस गराउन पालिकाले विभिन्न समुदाय तथा ब्यक्तीहरुलाई मध्य नजर गर्दै कार्यक्रम अगाडी बढाई रहेकोे पालिका अध्यक्ष गणेश खड्काले बताए ।
पहिला अपाङ्गता परिचय पत्रको लागि सदरमुकाम जानू पर्ने बाध्यताको कारणले कतिपय अपाङ्गता भएका व्यक्तिहरू अपाङ्ग भत्ता बाट वञ्चित भएको कारणले गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरणको शिविर सञ्चालन गरिएको गाउँ पालिकाका उपाध्यक्ष रोकायले जानकारी दिइन् ।
गाउँपालिकामा सोमबार सञ्चालित शिविरमा पालिकाभित्र रहेका ८५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको डा.धामीले जानकारी दिए।