Sujang

कोठामा निसासिएर भारतमा तीन नेपालीको मृत्यु

Ban

डोटी : मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो ।

कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए ।

बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए । मृतकको घरमा दुई छोरी र एक छोरा छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.