

डोटी : डोटीमा राष्ट्रिय स्तरको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । डोटीको शिखर नगरपालीका १० बानेडुग्रीसैनमा गहनान सामुदायिक युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिता पौष २६ गतेदेखि ३० गतेसम्म बानेडुग्रीसैनस्थीत सिद्देश्वर माध्यमिक विद्यालयमा हुनेछ ।
प्रतियोगितामा सहभागीताकालागी पौष १८ गतेदेखी २५ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गर्न सकिने क्लबका अध्यक्ष योगेन्द्र रावतले जानकारी दिएका छन् । टिम दर्ताशुल्क ३ हजार ५०० रुपैया तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३१ हजार १११ रुपैया नगद, ट्रर्फी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी द्धितिय पुरुस्कार ५५हजार ५५५ रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
तृतिय पुरुस्कार ३३ हजार ३३३ रुपैँया नगद , ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।
क्लबले पर्यटकीय तथा धार्मिक तिर्थस्थल गहनानमा माघेसंक्रान्ती मेलाको अवसर पारी हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।