
सरिता कठायत,पुस १७,डोटी –बागेश्वरी असल शासन क्लब(बास) डोटी शाखाले डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्का र जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहलाई टोपी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय टोपी दिवसको अबसरमा राष्ट्रिय पोशाकको संरक्षण र नियमित प्रयोग गर्न आम नागरिक तयार हुन भन्ने हेतुले सांकेतिक रुपमा जिल्लाका सरोकारवाला निकाएहरुलाई टोपी हस्तान्तरण गरेको बास डोटी शाखाका अध्यक्ष गणेश मौनीले बताए । बिदेशी संस्कृतीको प्रभावले नेपाली कला, संस्कृती ऐतिहासीक भेषभुषा लोभ हुदै गएको नेपालीको पहिचानलाई कायम राख्न नेपाली पोशाकको संरक्षण गर्न आवश्यक रहेको समेत अध्यक्ष मौनीले बताए ।
राष्ट्रिय पोशाकको नियमीत प्रयोग र जर्गेना गर्नु आम नागरिकको कर्तब्य रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । नेपालीको पहिचान दिने विभिन्न सामाग्री मध्य नेपाली टोपी पनि एक रहेकोले आवश्यकता अनुसार यसको प्रयोग गर्नुपर्छ राष्ट्र र राष्ट्रियता प्रतिको भाव जगाउनु पर्छ ।
देश बिदेश जुनसुकै ठाउँमा जादाँ राष्ट्रिय पोशाकले गर्दा नेपालीको पहिचान हुने गरेको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काले बताए । उनले भने आम नागरिक राष्ट्र र राष्ट्रियता प्रति कर्तब्य निष्ठ हुनुपर्छ जब हामी राष्ट्र प्रति बफादार हुदैनौ तबसम्म हाम्रो पहिचान हुदैन त्यसैले हाम्रो पहिचान जोगाउन राष्ट्रिय पोशाकको संरक्षण प्रबद्र्धन गर्न आवश्यक रहेको बताए ।
हामी नेपालीको पहिचान भनेको राष्ट्रिय पोशाक रहेकोले यसको संरक्षण, नियमीत प्रयोग गर्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले भने नेपाली टोपी भनेको हाम्रो शान हो हामी जुनसुकै देशमा गएपनी नेपाली पोशाले नेपाली पन देखिने भएकोले यसको संरक्षण गर्न आम नागरिकको दायीत्व रहको बताए ।
लुम्बीनी प्रदेशको बाके जिल्लामा केन्द्रीय कार्यालय रहेको बासले शुसासन, पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा लामो समय देखी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । बासले पछील्लो समयमा युवा शसक्तीकरण, महिला, बालबालिकाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु गर्नुका साथै जिल्लाका विभिन्न सवालहरुमा सरोकारवाला निकायहरुलाई खबरदारी समेत गरिरहेको छ ।
राष्ट्रिय टोपी दिवसको अबसरमा डोटी शाखाले आयोजना गरेको कार्यक्रममा बास संग आबद्ध ५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।