

डोटीको पुर्बिचौकि गाउँपालिकाले कोठामा खाना पकाउने ग्याँस लिग भई आगलागीबाट घाइते भएका दुई जना विद्यार्थीलाई अस्पतालमा भेटेर आर्थिक सहयोग गरेको छ ।
शुक्रवार एक्कासि कोठामा खाना पकाउने ग्यास लिग भई आगलागिबाट घाइते भएका डोटीको पुर्बिचौकि गाउँपालिकाका दुई जनालाई गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले अस्पतालमा भेटेर पचास हजार आर्थिक सहयोग गरेका हुन् ।
शनिवार काठमाण्डौको कीर्तिपुरमा रहेको वु्रन अस्पतालमा उपचाररत पुर्बिचौकि गाउँपालिका –२ घर भएका २३ बर्षिया विवेक ठकुल्ला र २५ बर्षिया टेकराज ठकुल्लालाई सहयोग गरेको अध्यक्ष उपाध्यायले बताए ।

कोठामा खाना पकाउने वेला ग्याँस लिग भई आगलागी हुँदा दुवै जना घाइते भएका विद्यार्थी नेता शंकर खड्काले जानकारी दिए । उनका अनुसार दुवै जनाको अनुहार, हात र खुट्टा जलेको छ ।
डोटी घर भएका दुवै जना अध्ययनको लागि काठमाडौँ बस्दै आएका थिए ।