Sujang

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल चयन

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् । धनगढीमा बसेको एमाले प्रदेश संसदीय दलको प्रथम बैठकले संसदीय दलको नेतामा रावललाई चयन गरेको नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए ।

प्रदेश सभा सदस्यमा समानुपातिक तर्फ निर्वाचित रावल एमालेका पोलिट ब्यूरो सदस्य हुनु हुन्छ । यस्तै संसदीय दलको उपनेतामा सन्तोष शर्मा थापा चयन हुनु भएको उनले बताए । शर्मा एमालेका केन्द्रीय सदस्य हुनु हुन्छ । सचिव पाठकले अर्काे बैठकबाट प्रमुख सचेतक र सचेतक चयन गरिने बताए । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १० जना प्रदेश सभा सदस्य हुनु हुन्छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.