

धनगढी – नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । यसअघि समेत भौतिक पूर्वाधार विकासमन्त्री रहेका सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१) बाट पुनः निर्वाचित भएका थिए ।
एकीकृत समाजवादी संसदीय दलको बैठक ज्येष्ठ सांसद प्रकाशबहादुर रावलको अध्यक्षतामा पार्टी प्रदेश कार्यालयमा बसेको प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले बताए ।
बैठकले हाल आर्थिक मामिलामन्त्री रहेका प्रकाशबहादुर रावललाई संसदीय दलको उपनेता, बाजुराबाट निर्वाचित सांसद नरेशकुमार शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक निर्वाचित गरेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।
