Sujang

महिनावारी छुवाछूत न्यूनीकरण गर्न जनचेतना मुलुक कार्यक्रम 

डोटी :समुदायमा अहिले पनि जडा गाडेर बसेको महिनावारी भएको समयमा बार्नु पर्छ भन्ने मान्यतालाई  न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
बुधवार गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शिखर नगरपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको  हो ।
कार्यक्रममा महिनावारि स्वच्छता तथा सरसफाइ सम्बन्धी चेतना मूलक सडक नाटक , सरसफाइ सम्बन्धी देउडा प्रस्तुति, हाजिर जवाफ, विभिन्न सांस्कृतिक  कार्यक्रम गरिएको एकीकृत सामुदायिक विकास परियोजना स्वास्थ्य प्रमुख सपना बुढाथोकीले जानकारी दिइन् ।
अहिले पनि जनचेतनाको कमी तथा रुढिवादि अन्धविश्वासका कारण महिनावारी भएको समयमा छुवाछूत मान्य प्रचलन अझै कायम रहेकोले न्यूनीकरणका लागि कार्यक्रम गरिएको उनले बताइन् ।
विभिन्न क्रियाकलापमा सहभागीहरूलाई पुरस्कार समेत वितरण गरिएको उनले बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश फुलाराको अध्यक्षतामा गरिएको कार्यक्रममा  शिखर नगरपालिका – ६ का वडा अध्यक्ष दीर्घ सिंह , विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिका फुलारा, शिक्षक,अभिभावक,विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.