
पुस १२, डोटी-डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ मा अति बिपन्न तथा कमजोर बन्दोबस्त भएका मुक्त हलियाको सिप बिकासका लागि ४५ दिने आरन सामाग्रि बनाउने सिप बिकास तालिम सुरु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय राजपुरको सहयोग तथा उपेक्षीत समुदाय शसक्तिकरण तथा बिकास मञ्चको आयोजनामा तालिमको आईतबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो ।
तालिमको उद्घाटन उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दिपेन्द्र शाहले तालिमका सहभागिहरुलाई सिप युक्त बनाई पूर्ण सफल बनाउनु पर्ने बताए ।
उनले भने तालिमको सुरुवात भएको छ तालिममा सहभागिहरुले पूर्ण रुपमा आवश्यक सामाग्रि निमार्णको सिप सिक्नु पर्ने तालिमको लागि आवश्यक सामाग्री कार्यालयले सहयोग गर्ने समेत बताए ।
स्थानिय स्तरमा परम्परागत रुप देखी चल्दै आएको पेशालाई संरक्षण गर्नुका साथै स्थानिय युवाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग गर्ने उपेक्षीत समुदाय शसक्तिकरण तथा बिकास मञ्चको कोषाध्यक्ष जयन्द्र खड्काले बताए । संस्थाले मुक्त हलिया तथा आन्तरीक बिस्तापीत समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहीक परियोजना दुई अन्र्तरगत डोटी जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको समेत बताए ।
४५ दिन सम्म संचालन हुने तालिममा वडा नम्बर २ अन्र्तगतका दश जनाको सहभागिता रहने छ भने तालिमको उद्घाटन सत्रमा जनप्रतिनिधि, स्थानीयबासीन्दा, पत्रकार लगाएको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।