Sujang

विभिन्न माग राख्दै प्रजिअ श्रेष्ठलाई बुझायो जनमोर्चा डोटीले ज्ञापन पत्र 

Ban
डोटी :राष्ट्रिय जनमोर्चा डोटीले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार राष्ट्रिय जनमोर्चाले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी, सार्वजनिक यातायातको भाडादारमा भइरहेको  मनपरी लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
Krishi
पार्टीका जिल्ला अध्यक्ष डबल बोगटीद्वारा हस्ताक्षर ज्ञापन पत्रमा भनिएको छ,´जिल्लामा अवैध रूपमा भइरहेको मदिराको बिक्री वितरण तथा जुवा तासलाई नियन्त्रणमा लिनुपर्ने,पेट्रोलियम पदार्थको कालोबजारी, पेट्रोल पम्पमा तेलको कृत्रिम अभाव देखाई बाहिर बजारमा खुला रूपमा महँगो  मूल्यमा बिक्री वितरण भइरहेकाले तत्काल रोक्नुपर्ने, ग्रामीण सडकहरूमा चल्ने सवारी साधनहरूले यात्रुसँग मनपरी भाडा लिएकाले यसलाई रोक्दै वैज्ञानिक भाडादार कायम गर्नुपर्ने, दिनप्रतिदिन विकरालको रूप लिँदै गरेको जाँडरक्सीको अवैध बिक्री वितरण तथा ओसारपसार कार्य र जुवातासलाइ रोक्नुपर्ने माग गरिएको छ । `
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.