Sujang

‘पढाई यात्रा’ सम्पन्न

Ban

चक्र सिं कठायत, भदौ २३ ,डोटी- साक्षरता दिवशका अवसरमा डोटीको आदर्श गाउँपालिकामा पढाई यात्रा सम्पन्न भएको छ । गाउँपालिकाको वडानम्वर २ को मौवामा र वडा नम्बर ४ को दुर्गा आधारभुत विद्यालयमा पढाइ यात्रा सम्पन्न भएको हो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीबाट संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त पढाइ यात्रा संस्थाका कार्यरत क्षेत्रमा गरीएका छन् ।

विहिवार गाउँ पालिकाको मौवा नगर दह र दुर्गा आधारभु विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको पढाइ यात्रामा सहभागीता रहेको दुर्गा आधारभु विद्यालयका प्रध्यानाध्यापक पदम वहादुर रोकायले जानकारी दिए ।

Krishi

उनले भने ,‘बिद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीहरुको हौसला संगै पढ्ने बानिको विकासमा सहयोग पुग्ने छ । पढाइ यात्राले विद्यार्थीमा बोल्ने शब्दको बिकास भएको छ। अतिरिक्त क्रियाकलापमा सहभागीता हुँदा आत्मबलको समेत बिकास हुने गर्दछ ।’

बालबालिकाको पढाइ प्रति थप अविभावक लाई जिम्मेवार बनाएर पढाइका महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको समाबेसी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका संयोजक दिनेश बमले वताए । उनले भने,‘ पढाइ बानिको विकास एवं पढाई संस्कृती निर्माणका लागि पढाई यात्राले सहयोग पुग्ने छ ।’

आदर्श गाउँपालिकाका –४ का वडा अध्यक्ष खगेन्द्रनाथ ओझाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने वताएका थिए ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाई प्रतिस्पर्धा गरेर प्रथम,द्धितिय र तृतीय र सान्त्वना हुने विध्यार्थी हरु लाई पुरुस्कार स्वरुप शैक्षिकसामग्री वितरण गरीएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.