Sujang

सिलगढीमा रहेको बसपार्क संचालनको माग गर्दै प्रजिअ र नगर प्रमुखलाई ज्ञापनपत्र

डोटी -सिलगढी बसपार्क सञ्चालनका निमित्त सङ्घर्ष समितिले दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख र डोटीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नगर प्रमुख विजय खड्का र प्रमुख जिल्ला अधिकारी कल्पना क्षेष्ठलाई बिहीबार सङ्घर्ष समितिले बसपार्क सञ्चालनमा ल्याउन लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

नगरपालिकाले सार्वजनिक यातायातका ठुला साना गाडीहरू बसपार्कबाटै छुट्नु पर्ने, बसपार्कमै पार्किङ गर्नुपर्ने, बसपार्कमै टिकट काउन्टरबाट टिकट व्यवस्थापन गरी यात्रुहरू ओसारपसार गर्ने व्यवस्था गर्नु पर्ने सङ्घर्ष समितिका संयोजक नवीन श्रेष्ठले बताए ।

जिल्ला प्रहरीको गेटलाई यात्रु झार्ने र यात्रु बोक्ने प्वाईट बनाउनु पर्ने, यात्रुलाई गन्तव्यमा पु¥याए पश्चात् गाडीहरू बस पार्कमा पार्किङ गर्नु पर्ने, सिलगढी बसपार्क देखि बजार हुँदै सिलगढी साफे सडक भएर बसपार्क छिर्ने अटो सञ्चालनको लागि आवश्यक पहल गर्नुपर्ने, जिरो प्वाइन्टमा अस्थायी प्रहरी चेक पोस्ट राख्नको लागि आवश्यक पहल गर्नु पर्ने लगायतका माग गरिएका छन् ।

नगरपालिकाले मागहरूको बेवास्ता गरेमा आन्दोलनमा उत्रिने सङ्घर्ष समितिले बताएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ मा रहेको बसपार्क लामो समय देखी प्रयोग विहीन जस्तै बनेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.