Sujang

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई पुस १५ गते शपथ गराउने 

Ban

पुस ७, धनगढी -सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने  मिति तय भएको छ ।यही पुस ११ गतेका लागि नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने मिति तय भएर आवश्यक तयारी गरेको प्रदेशसभा सचिवालायले उक्त दिन स्थगित गरेर केहि पछाडि धकेलेको छ ।

 

प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर पुस १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.