Sujang

भूकम्प प्रभावित १ सय ५० जनालाई त्रिपाल वितरण

पुस ४ ,डोटी-युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभाबितहरुलाई त्रिपाल सहयोग गरेको छ ।

डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउद नाराका १ सय ५० जना प्रभाबितहरुलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका शुसासन परियोजना ब्यवस्थापक खेम भण्डारीले बताए ।

उनले भने,´ भूकम्पका कारण सायल गाउँपालिकाका अधिकांस घरहरुमा समेत क्षति भएकाले त्रिपाल सहयोग गरेको हौ`

सायल गाउँपालिकाको समन्वय तथा वडा कायालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभाबित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो ।

भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरुमा क्षती गरेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । गाउँपालिकालाई अती आवश्यक रहेको त्रिपाल युएमएन डोटीले सहयोग गरेको प्रति धन्यबाद समेत ब्यक्त गरेका थिए ।

युएमएन डोटी क्लष्टरले भूकम्प प्रभाबितहरुलाई बिपत ब्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपयाँ बराबरका त्रिपालहरु सहयोग गरिएको समेत लेखा संयोजक सुनारले बताए ।

युएमएन डोटीले यो भन्दा पहीले डोटीको पुर्विचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभाबितहरुलाई पनि २ सय थान न्यानो कम्बल गाउँपालिका मार्फत सहयोग गरेको थियो ।

गत कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए । पालिका भित्रका अन्य वडाहरुमा र नजिकका छिमेकी पालिकामा रहेका अधिकांश घरहरुमा समेत क्षती पुगेको थियो । सायल गाउँपालिका पनि पुर्बिचौकी गाउँपालिका संग जोडिएको पालिका हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.