धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ
धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ८ क्याम्पस चोक नजिकबाट जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले एक जनालाई समातेको हो।
पक्राउ पर्नेमा बझाङको खप्तडछान्ना गाउँपालिका ३ घर भई धनगढी उपमहानगरपालीका ८ कैलालीगाउँ बस्ने १९ वर्षीय क्षितिज रावल र बझाङको छविस पाथीभरा गाउपालीका २ बस्ने जक्सन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीहरुको साथबाट ८०० ग्राम चरेस फेला परेको बताइएको छ।