

गणेश मौनी ,पुस १ डोटी-नेपालमा शसस्त्र द्धन्दको समयमा नेपाली सेना देख्ने र भन्ने बित्तिकै सर्बसाधारण आम नागरिकहरु झसंग हुने गर्दर्थे । तत्कालीन समयमा शहर भन्दा ग्रामीण बस्तीहरुमा नेपाली सेनाको प्रेट्रोलीयम गल्ती चलेको समयमा सेना देख्ने बित्तीकै आम नागरिक तर्सिर्ने गर्थे सेनासंगको सम्बन्ध टाढाँको थियो तर पछील्लो समयमा नेपाली सेनाले गर्दै आईरहेका विभिन्न सामाजिक कार्यले गर्दा नेपाली सेना र सर्बसाधारण बिचको सम्बन्ध नजिकको बन्दै गईरहेको पाईन्छ ।
डोटीको जोरायल गाउँपालिका ५ की ५९ वषिर्य खिमा देबी देउवा पहीले र अहिलेको नेपाली सेना फरक रहेको बताउन्छीन् । उनि भन्छीन् २०५७,५८ साल तिर संकटकालको समय थियो सेनाको गस्ती भईरहन्थ्यो आज यो बस्तीमा सेना आउदैछन भन्ने थाहाँ पाउने बित्तीकै गाउँमा रहेका सबै पुरुषहरुको भागाभाग हुन्थ्यो, सबैको मनमा सेनाले अनायासै कुटपीट गर्छ भन्ने मानसिकता थियो तर द्धन्द समाप्त संगै अहिले त्यो सबै हरायो , नेपाली सेना त हाम्रै छोरा भाईभतिजा रहेछन् हाम्रो सुरक्षाको लागि रहेछ भन्ने बल्ल थाहाँ पाए ।
पछील्लो समयमा नेपाली सेनाले बिपतको समयमा गरेका मानबिय तथा सामाजिक कार्यले गर्दा हाम्रो देशमा साच्चै सेना आवश्यक रहेछ भन्ने लागेको बताउन्छन् डोटीको बडीकेदार गाउँपालिका २ का चक्र मटेली । उनि द्धन्दको समयमा नेपाली सेना र बिद्रोही पक्षबिचको भिडन्तमा परेर घाईते भएका थिए अहिले पनि उनि अपांग अवस्थामा छन् तर पनि त्यतीबेलाको देशको परिस्थीती अनुसार नेपाली सेना परिचालीत भएको उनको बुझाई छ ।
देशको परिस्थीती अनुसार नेपाली सेनाले विभिन्न कार्य गदै र्आइरहेको बुझाई छ डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाको । उनि भन्छन् द्धन्दको समयमा त्यतीबेलाको परिस्थती अनुसार सेना साच्चै कठोर जस्तो लाग्थ्यो, सेना र सर्बसाधारण बिचको सम्बन्ध नजिकको हुदैनकी जस्तो लाग्थ्यो तर अहीले नेपाली सेना पनि हाम्रै दाजुभाई रहेछन् हामीहरुको निम्ती काम गर्ने रहेछन् भन्ने सेनाले गर्दै आईरहेका विभिन्न कार्यले देखाउदैछ । पछील्लो समयमा नेपाली सेनाले नेपालका ठुलठुला सडक आयोजना निमार्ण देखि सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा निर्बाह गरेको महत्वपूर्ण भुमिकाका कारण पनि नागरिक र सेना बिचको सम्बन्ध नजिकको बन्दै गएको समेत सहायक क्याम्पस प्रमुख देउवाले बताए ।
नेपाली सेना बिगत भन्दा बर्तमानमा परिमार्जित रुपमा आम नागरिक संगको सम्बन्ध प्रगाढ बनाउनका साथै सामाजिक कार्यमा पनि सहभागिता जनाउने गरेको डोटी सिलगढी स्थित भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्किले बताए । उनले भने नेपाल सेना कुनै छ्ट्टै दर्जाको मानब होईन तपाईहरुकै भाई, छोरा, छोरी भतिजा नै हो त्यसैले नेपाली सेना सदैब जनता संग सम्बन्ध प्रगाढ बनाई सामाजिक कार्यमा सहकार्य गर्न चाहन्छ ।
नेपाली सेनाले गर्दै आईरहेको सामाजिक कार्य प्रंशसनीय रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् उनले भनीन् नेपाली सेनाले गरेका सामाजिक कार्यले जनता र सेना बिचको भावना, सम्बन्ध प्रगाढ हुन सहयोग पुग्नुका साथै जिल्लाको खेलकुद, पर्यटन, बिकासमा सहयोग पुग्नुका साथै आपत बिपद् पर्दा र अन्य समयमा पनि नजिकको सहयोगि निकाएहो भन्ने सन्देश प्रबाह हुदै आईरहेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
२०७९कात्तिक २२ गते डोटी जिल्ला केन्द्र बिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका ३ गैरागाउँमा भएको घटनामा राहात तथा उदारमा पनि नेपाली सेनाको अहम भुमिका देखिन्छ । २०७९ असोज १९ गते देखी देशभर परेको अबिरल बर्षातका समयमा पनि डोटी जिल्ला सदरमुकाम सिलगढी स्थित भैरब प्रसाद गणले बिपद्को समयमा गरेको मानबिय कार्यपनि एक उदाहरण हो ।
सेती नदिमा रहेको सेति पुलमा अड्कियर रहेको पिपलको रुख निकाल्ने, राजपुर देखि केआई सिंह गाउँपालिका जाने अबरुद्ध सडक खोल्ने, सिलगढी खानेपानी सुचारु गर्ने गर्ने कार्य पनि नेपाली सेनालेनै गरेका थिए । बिपद्का समयमा नेपाली सेनाले गरेका सामाजिक कार्यबाट पनि सेना सामाजिक सेवामा तत्पर छ भन्ने कुरा प्रष्ठ देखिन्छ ।
नेपालको संविधानको धारा २६७ ले नेपाली सेना परिचालन सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ । सोही अनुसार सेनाले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण तथा सशस्त्र विद्रोह भएमा सतर्कता पूर्वक त्यसको सामना गर्न आफुलाई सदैव तयारी अवस्थामा राखेको पाईन्छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार विभिन्न समयमा हुने विभिन्न तहको निर्वाचनका समयमा नेपाली सेनाले आफ्नो तटस्थ भूमिका निर्वाह गरेको देखिन्छ । २०७९ साल बैशाख ३ गते भएको स्थानिय तहको निर्बाचन र मंशिर ४ गते भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्बाचनबाट पनि सेनाको भूमिका प्रष्ट देखिन्छ ।
संविधानले निर्दिष्ट गरेको भूमिका र सरकारबाट वैधानिक रुपमा प्राप्त हुने कार्यादेश अनुसार नै सेना ब्यारेकबाट निस्कन सक्ने प्रावधान छ भने शान्तिकाल र युद्धकालमा सेनाको भूमिका नितान्त फरक हुने हुँदा सामान्य अवस्थामा सेनाले आफूलाई विकास निर्माण र सामाजिक कार्यमा सक्रिय गराइरहेको देखिएको छ । यसले गर्दा एकातिर सैन्य जनशक्ति निस्क्रिय बस्नु नपर्ने र विकास आयोजना र सामाजिक कार्यले देश र जनतालाई ठूलो फाइदा पुग्नुका साथै नेपाली सेना र जनता बिचको सम्बन्ध प्रगाढ हुने देखिन्छ ।