गणेश मौनी, मंसिर २९, डोटी,डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ४ दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा कार्यरत एम बिबि एस डा. ईन्द्र माझीले आफ्नै गाउँठाउँमा सेवा गर्न पाउदाँ आफु भाग्यमानी हुनुका साथै गाउँघरमा सेवा गर्ने सपना पुरा भईरहेको बताए ।
केआई सिंह गाउँपालिका वडा नम्बर २ नारी गाउँमा जन्मेका डा. माझीले डाक्टर पढ्ने समय देखि नै आफ्नो गाउँघरमा रहेका दाजु, भाई, दिदी, बहीनी,आमाहरुको सेवा गर्ने ठुलो रहर थियो उक्त सपना अहिले बिस्तारै पुरा हुदै गएको बताए ।
उनले भने यसरी डाक्टर पढेर आफ्नै गाउँ घरको सेवा गर्न पाउँने डाक्टर धेरै कम हुन्छन आफ्नै गाउँघरको सेवा गर्न पाएकोमा म भाग्यमानी छु,गुणस्तरीय सेवा प्रबाह गर्न निरन्तर लागिरहने छु ।
एम बिबि एस पढाई सम्पन्न गरे लगत्तै केही वर्ष काठमाण्डौमा रहेको हिमाल हस्पीटलमा काम गरेका डाक्टर माझिले काठमाण्डौमा र डोटीमा काम गर्दाको केही फरक अनुभव सुनाए । काठमाण्डौमा सेवा लिन आउने सेवाग्राहीहरुको सेवा संग मात्र सम्बन्ध हुने गथ्यो तर डोटीमा सेवाग्राहीको सेवाका साथ साथै सम्मानजनक ब्यवहार,कदर अपनत्व र प्रगाढ मायाँ पाएको छु ।
सुरुसुरुमा स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीहरु खुलेर बोल्न चाहान्नथे तर अहिले आफ्नै छोरा छोरी जस्तै सम्झेर ढुक्क तरिकाले आफ्ना समस्या राख्ने गरेको समेत डा. माझीले बताए ।
गाउँघरको स्वास्थ्य संस्था भएकाले पनि सबै प्रकारका सेवाहरु लिन सेवाग्राहीहरु आउने गरेको डा. माझीले बताए ।
प्राय हाडजोर्नि दुखाई, रुघा खोकी, महिला सम्बन्धी, बालबालिका सम्बन्धीका बढी आउने गर्छन् ।
दुर्गामाण्डौ स्वास्थ्य चौकी वायल बाट अहिले भिडीयो एक्टर, ल्याप सेवा र अन्य सामान्य सबै प्रकारका सेवाहरु प्रबाह हुने गरेको र केही समय पछी एक्सरे सेवा सुचारु भईरहेको समेत स्वास्थ्य चौकीले जनाएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा रहेको सुजङ बोर्डिङ स्कुलबाट उच्च माध्यामीक शिक्षा हासिल गरेका डा. माझीले फिलपीन्सबाट २०१९ मा एम बिबिएसको पढाई सम्पन्न गरेका थिए । पढाई सम्पन्न पश्चात करिब तिन बर्ष सम्म काठमाण्डौमा रहेको हिमाल हस्पीटलमा काम गरेका डा.माझीले २०७९ असोज महिनाबाट केआई सिंह पालिकामा काम गर्दै आईरहेका पालिकाले जनाएको छ ।
कोभिड संक्रमणको उच्च जोखिमको समय आर्थिक वर्ष २०७७।०७८ मा सरकारले प्रत्येक पालिकामा कोभिड अस्पतालको लागि एक जना एमबिबिएस डाक्टर, स्टाप नर्स लगाएतका कर्मचारी ब्यवस्थापनको लागि आवश्यक बजेटको ब्यवस्था गरेको थियो । सो अबधीमा डोटीका सबै पालिकाले एम बिबिएस डाक्टर नियुक्त गरि कोभिड अस्पतालबाट कोभिड सम्बन्धीका सेवाका साथै अन्य सबै सेवा प्रबाह गरेका थिए ।
कोभिडको जोखीम न्यून भए संगै सरकारले उक्त रकम २ वर्षको लागि मात्र निरन्तरता दिई कटौती गर्दा डोटीका अधिकांश पालिकाहरुले आफ्नो श्रोतबाट एम बिबिएस डाक्टरलाई निरन्तरता दिएको पाईन्छ । स्थानिय सरकारले ब्यवस्थापन गर्ने गरि हाल डोटीको पुर्विचौकी गाउँपालिका र शिखर नगरपालिका बाहेकका सबै स्थानिय तहहरुमा एमबिबिएस डाक्टर कार्यरत रहेका छन् ।