मंसिर २३, डोटी-सम बिकास केन्द्र डोटीको सामाजिक परिक्षण कार्यक्रम बिहीबार सिलगढीमा सम्पन्न भएको छ ।
संस्थाले बर्ष भरी गरेका संस्थागत तथा परियोजनात्मक सम्पूर्ण गतिबिधीहरुको बारेमा सेवा प्रदायक तथा सरोकारवाला निकाएहरुलाई जानकारी गराई बार्षिक सामाजिक परिक्षण सम्पन्न भएको हो ।
सम बिकास केन्द्र डोटी जिल्लाको सामाजिक परिवर्तको क्षेत्रमा अग्रणी संस्थाको रुपमा रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए ।
कार्यक्रमको प्रमुख अथिती समेत रहेका समन्वय प्रमुख सिंहले संस्थाले सामाजिक परिवर्तको क्षेत्रमा खेलेको भूमिका प्रसंशनिय रहेको समेत बताए ।
सम बिकास केन्द्र डोटी जिल्लामा महत्वपूूर्ण सवाल लैगिक हिंसा, जातीय छुवाछुत, सुशासन जनाफदेहीता पारदर्शिताका सवालहरुमा वकालत गर्ने संस्थाको रुपमा पहीचान बनाएको गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष लाल बहादुर बिकले बताए ।
संस्था समाज परिवर्तन र महिलाहरुको आय आर्जको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै र्आइरहेको सम बिकास केन्द्र डोटीका अध्यक्ष अधिराज बिसीले बताए ।
सम बिकास केन्द्रले महिला अधिकार लैगिक समानता, महिलाको न्यायमा पहुचँ, जातिय छुवाछुत, स्थानिय तहको शासन प्रकृयामा नागरिक सहभागिता, गुणस्तरीय शिक्षा परिवर्तन, बातावरणीय दिगोपना लगाएका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको समेत अध्यक्ष बिसीले बताए ।
कार्यक्रममा बोल्ने केही सहभागिहरुले संस्थाले डोटी जिल्लाका सबै पालिकाहरुमा कार्य क्षेत्र बनाएर काम गर्नुपर्ने, स्थानिय सरकारसंगको समन्वय बढाउनु पर्ने, आर्य आर्जको क्षेत्रलाई बढी प्राथमीकता दिनु पर्ने लगाएका सुझाबहरु समेत दिएका थिए । कार्यक्रममा सम बिकास केन्द्रले बार्षिक रुपमा सचालन गरेका समग्र परियोजनाको प्रस्तुतिकरण गर्नुका साथै प्रस्तुतीकरणमा ब्यापक छलफल गरिएको थियो ।
सामाजिक परिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, दिपायल सिलगढी नगरपालिका नगर प्रमुख, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधी,जागरिक समाज, सेवा प्रदायक निकाएका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
सम बिकास केन्द्र डोटीले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआई सिंह गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडीकेदार गाउँपालिका र पुर्विचौकी गाउँपालिकामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।