मंसिर २२ ,धनगढी-प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसंग जोडिएको पश्चिमसेती र पञ्चेश्वर जलविधुत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको वताएका छन् ।
धनगढीमा विहिवार सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री देउवाले पश्चिमसेती र पञ्चेश्वर जलविधुत आयोजनाका लागि निर्माण कम्पनीले अनुमतिपत्र (लाईसेन्स) लिईसकेकाले आयोजनाको निर्माण प्रक्रिया चाडै अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले जलिविधुत आयोजनासंगै रानी जमरा कुलरिया तथा महाकाली सिचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढाईरहेको उल्लेख गर्दै ती आयोजना निमार्णपछि सुदूरपश्चिम प्रदेशमा समृद्धि आउने बताए ।
प्राकृतिक सम्भावनाको पहिचना गरी सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, उधोग, व्यापार मार्फत आर्थिक समृद्धि ल्याउन सकिने बताउनु हुदै उहाँले विकासका लागि प्रदेश सरकार र स्थानीय तहका विच समन्वय गरि अघि बढ्नु पर्नेमा जोडदिनु भयो । प्रधानमन्त्री देउवाले कोरानाले थलिएको उधोग ब्यवसाय क्षेत्रको पुनरुत्थानका लागि सरकार लागीपरेको उल्लेख गर्दै यस क्षेत्रलाई आर्थिक हवका रुपमा विकास गर्न जरुरी रहेको बताए ।
सुदूरपश्चिमको कृषि, पर्यटन, आर्थिक, सामाजिक विकासका लागि महोत्सवले थप टेवा पुग्ने बताउनु हुँदै उहाँले संघले अघि सारेका मागप्रति सरकार गम्भीर रहेको बताए ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महोत्सव आयोजनाले यस प्रदेशको समग्र विकासमा थप टेवा पुग्ने बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उधोगी ब्यवसायीले उठाएका माग सम्बोधन गर्नका लागी सरकार गम्भीर रहेको बताए ।
उनले सामाजिक सुरक्षा कोषको दायरा बढाउदै रोजगारीको सृजना गर्न, बैदेशिक रोजगारीबाट फर्केका युवाजनशक्तीलाई पुनःरोजगारीमा जोड्नेतर्फ सरकार लागि परेको बताए ।
यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको बिकास प्राथमिकता दिएर सरकार अघि बढीरहेको बताए ।
उद्घाटन समारोहमा संघका तर्फबाट प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाएर भब्य स्वागत गरिएको थियो । यस्तै स्थानीय भेषभुषा, लोकसंस्कृती झल्कने विभिन्न झाकी प्रस्तूत गरिएको थियो ।
साथै राष्ट्रिय खेदकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कराते तर्फ आनन्द बिक र फिनसिङमा डोलेन्द्र शाही तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री देउवा समक्ष कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विभिन्न माग समेटिएको १५ बुदे ज्ञापनपत्र बुझाएका थिए ।
विहिवार मंसिर २२ गते देखि शुरु भएको महोत्सव पुस २ गतेसम्म संचालन हुने छ । महोत्सव अवधिमा करिव १० करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको छ । उधोग, व्यापार, कृषि, पर्यटन, कला संस्कृतीको सम्वर्धन गर्ने उदेश्य सहित कैलाली उधोग बाणिज्य संघले २०६३ साल देखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
१६औ संस्करण रहेको यसपालिको महोत्सवमा स्थानीय खानपान, कृषि उपज, बुहराष्ट्रिय कम्पन्नीका गरि करिव ४ स्टल रहेका छन् । महोत्सवमा प्रर्दशनी, थारु गाउँ, रमाईलो मेला, कलाकारको प्रस्तुती लगायत मुख्य आकर्षण रहेका छन् ।