अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ४ सय बढीले सेवा लिएका छन् ।
पालिकाका वडा न. ४ , ५, ६, ७ र ८ को लागि मेल्लख को आधारभूत अस्पताल चौखुट्टेमा सञ्चालन गरेको निःशुल्क आँखा शिविर बाट ४ सय ८९ जनाले सेवा लिएका हुन् ।
आँखाको समस्या भएका उपचारको लागि टाढा जान नसक्ने ज्येष्ठ नागरिक,असहाय,अशक्तको लागि गाउँमै सेवा दिने उद्देश्यले आँखा शिविर सञ्चालन गरिएको थियो ।
गेटा आँखा अस्पताल धनगढी कैलालीको उपशाखा साँफेबगरको सहयोग र मेल्लेख गाउँपालिकाको समन्वय तथा आयोजनामा शिविर सञ्चालन गरिएको थियो । गाउँमै सेवा पाएपछि सेवाग्राही निकै खुसी भएका छन् ।
मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले दुर्गम ठाउँको नागरिकलाई घर दैलोमै सेवा दिन तथा टाढा जान नसक्ने वयोवृद्धहरूका लागि गाउँमै शिविर सञ्चालन गरिएको बताए।