Sujang

डोटीमा सेवाग्राहीलाई स्वागत सहित सेवा प्रदान

गणेश मौनि ,भदौ ,२३ – सेवा लिन आउने सेवा ग्राहीलाई जिल्ला प्रशासन कार्यालय डोटीले स्वागत सहित सेवा प्रदान गरेको छ ।
वुधवार “ब्यवसायीक र सिर्जनशिल प्रशासन, विकाश समृद्धी र सुशासन” भन्ने मुल नाराका साथ १९ आंै निजामती सेवा दिवस २०७९ को अवसरमा सेवा ग्राहीलाई स्वागत गरी सेवा प्रबाह गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरी डोटीमा निजामती सेवा दिवस मनाईएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।

निजामती सेवा दिवस जिल्ला समारोह समितिको आयोजनमा भाद्र १८ र १९ गते सरसफाई कार्यक्रम, २१ गते बृक्षारोपण र दिपावली, २२ गते सिलगढीनको ईन्द्रचोक देखी जिल्ला प्रशासन कार्यालय सम्म प्रभावफेरी, जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा सबै भन्दा पहीले सेवा लिन आएका तिन जना सेवा ग्राहीलाई स्वागत सहित सेवा उपलब्ध गराई दिवस मनाईएको प्रजिअ श्रेष्ठले बताईन् ।

सुरुमा सेवा लिनेमा एक जना बृद्ध महिला र दुई जना युवाहरु रहेका थिए । तिनै जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका थिय ।
निजामती सेवा दिवसलाई दिवसको रुपमा मात्र सिमीत नराखी यसको मर्मअनुरुप निजामती कर्मचारीहरुले सदैब छीटो छरीतो, गुणस्तरीय र शुसासन युक्त सेवा प्रबाहमा जोड दिनुपर्ने समेत प्रजिअ श्रेष्ठले बताईन् ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.