Sujang

दिपायलमा पहाडी जिल्लाकै ठुलो खेलमैदान निर्माण हुँदै

डोटीमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमध्यकै ठुलो खेल मैदान निर्माण हुने भएको छ । दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाको वडा नं. ३ स्थित दिल्पेश्वर मठ नजिक उक्त खेलमैदान निर्माणको काम अगाडि बढाएको छ ।

नगरपालिकाले मठको गुठी जमिनमा खेलमैदान निर्माण गर्न थालेको हो । ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त खेलमैदानको काम नगरपालिकाले आन्तरिक बजेटबाट खर्च हुने गरेर काम सुरु गरेको छ । विस्तारै सरकारका अन्य निकायहरुसँग समन्वय गरेर सुविधासम्पन्न खेलमैदान निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

३० रोपनी क्षेत्रफलमा निर्माण भैरहेको यो खेलमैदान सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर सुविधा सम्पन्न बनाउने नगर प्रमुख विजय खड्काले बताए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा प्रदेश तथा राष्ट्रिय स्तरका खेलहरु खेलाउन मैदान निर्माण भएका छैनन्,“नगरप्रमुख खड्काले भने,“हामीले पूर्ण खेलमैदान बनाउने उद्येश्यले नगरको बजेटबाट काम अगाडि बढाएका छौं । सरकारका अन्य निकायहरुसँग पनि समन्वय गरेर ठुलो सुविधा सम्पन्न खेलमैदान बनाउने उद्येश्य सहित अगाडि बढेका छौं ।”

Salmuni
Leave A Reply

Your email address will not be published.