Sujang

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

Ban
Krishi

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–२ जडेपानीकी २२ वर्षीया एक युवतीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

घर लिपपोतका लागि सोमबार बिहान माटो लिन गएकी स्थानीय राधाकुमारी रावलको उपचारका क्रममा मृत्यु भएको हो। माटोको ढिस्कोले पुरिएर घाइते भएकी उनको उद्धार गरी स्थानीयले महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। तर, उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.