Sujang

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो यू–१९ क्रिकेटको उपाधि

मंसिर १९ गते-यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । जितसँगै सुदूरपश्चिमले २ लाख रुपैयाँ पुरस्कार हात पारेको छ । त्यस्तै, उपविजेता लुम्बिनीले १ लाख रुपैयाँमा चित्त बुझायो ।

फाइनलमा लुम्बिनीले दिएको ९३ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले अविजित ३९, दिपक बोहराले २५ र कप्तान अनुराग सिंहले २२ रन बनाए । मिलन बोहरा ६ र दीपक बोहरा भने शून्यमै आउट भए । लुम्बिनीका लागि रमेश कुर्मीले दुई, अभिषेक गौतम र निर्मल गुरुङले एकरएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २९।१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । उसका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, नर सार्कीले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।लुम्बिनीलाई ९२ रनमै अलआउट गर्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ९ ओभरमा १५ रन दिँदै ५ विकेट लिए ।

त्यस्तै, हेमन्त धामी, नरेन साउँदले दुईरदुई र आकाश चन्दले एक विकेट हात पारे । सुदूरपश्चिमले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो । यसपालि प्रतियोगितामा प्रदेश–१, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.