
मंशिर १८, डोटी -महिला स्वयंमसेबिका र हजार दिनकी आमाहरुलाई नबजात शिशुको बान्यकालीन पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युएमएन डोटी र समान पहुच बिकास केन्द्र डोटीको समन्वय केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको समान पहुच बिकास केन्द्र डोटीका सामुदायीक बिकास सहजकर्ता अनील बमले बताए ।
कार्यक्रममा सहजिकरण गर्दै केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रकी अहेब प्रतीक्षा बमले हजार दिनको आमाहरुका लागि पोषण अति आवश्यक रहेको बताइन् । उनले भनिन् हजार दिनकी आमाहरुलाई बच्चा गर्भमा रहेदेखी नियमीत शारिरीक ब्यायाम , आराम, नियमीत, चेकजाँचका साथै षोषणमा विशेष ध्यान दिनु पर्ने बताए ।
शिशुको जन्म पश्चात दुई वर्ष सम्म शिशु स्वाहारमा बीषेश ध्यान दिन आवश्यक रहेको समेत बमले बताईन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा हजार दिनकी आमाहलाई स्वास्थ्य जोखिम, पोषण युक्त खानेकुरा, र गर्भवती भएको बेलामा स्वास्थ्य जाचँको बारेमा छलफल भएको थियो । कार्यक्रममा गर्भवती महिला, नबजात शिशु आमाहरु र महिला स्वास्थ्य स्वयंमसेबीकाहरुको सहभागिता रहेको थियो ।
समान पहुच बिकास केन्द्र डोटीले बालबालिका उत्थानशिल बिकास परियोजना अन्र्तगत बोगटान फुड्सिल गाउँपालिका विभिन्न वडाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।