Sujang

बैंकर्स क्लब डाेटीकाे अध्यक्षमा पुन: भट्ट चयन

दिपायल: बैंकर्स क्लब डोटीको अध्यक्षमा तपराज भट्ट पुन: चयन भएका छन् ।

शुक्रबार दिपायलमा बसेको क्लबको पहिलो साधारणसभाले भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन् ।

यस्तै उपाध्यक्षमामा चेतमान बाेहरा र शंकरबहादुर बाेगटी, सचिवमा भाष्करप्रसाद जाेशी, काेषाध्यक्षमा लक्ष्मण भट्ट र सह-सचिवमा नवीन मेधासी पनि सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरूमा राजेशबहादुर सिंह, कृष्णबहादुर राणा, लालबहादुर साउँद, नवीन जाेशी र सपना हदिउला थारु सर्वसम्मत चयन भएका छन् ।

डोटीमा केही महिनाअघि भट्टको नेतृत्वमा बैंकर्स क्लबको तदर्थ समिति गठन भएको थियो ।

क्लबको पहिलो साधारणसभाबाट पहिलो निर्वाचित कमिटी सर्वसम्मत गरिएको हो।

Salmuni
Leave A Reply

Your email address will not be published.