Sujang

सबैलाई न्याय दिने पार्टी कांग्रेस हो : राज्यमन्त्री रैका

भदौ- २४, डोटी- सुदुर पश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्य मन्त्री टेक बहादुर रैकाले कांगे्रस पार्टी अदालत भएको बताएका छन् ।

जनताको साथमा कांग्रेस अभियान अन्तगर्त बुधबार शिखर नगरपालिकाको हलमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, कांग्रेस भनेको सबैलाई न्याय दिने पार्टी हो । पार्टीकालागि योगदान गर्ने सबैलाइ यो पार्टीले सम्मान गर्ने गरेको छ । कांग्रेसवाट दलित समुदायवाट सुदुर पश्चिम सरकारमा मन्त्री वन्ने मलाई अवसर दिएको हो । यो सवैको पार्टि हो ।’

उनले थपे, डोटीका नेता कार्यकर्ताहरुले गठवन्धन चाहेका छैन् । मनोभावना अनुरुप पार्टीले गठवन्धनलाई अगाडी वडाउनु पर्ने हुन्छ ।’

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.