Sujang

डोटीमा किसानहरु अलैंचि खेतिलाई ब्यवसायीक रुपमा गर्दै

Ban

गणेश मौनी,मंशिर १५ डोटी-डोटी जिल्लामा पछील्लो समयमा किसानहरु अलैचि खेतिलाई ब्यवसायीक रुपमा गर्दै आईरहेका छन् ।
अलैचि खेतिको लागि उच्च सम्भावना रहेकोले डोटीका बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकाका केही किसानहरु अलैचि खेतिलाई ब्यवसायीक रुपमा अघी बढाएको पाईन्छ ।
हावापानि र जमिनको भूबनोट अनुसार अलैचि राम्रो उत्पादन हुने गरेको जोरायल गाउँपालिका ७ का कृषक राम बहादुर बोहराले बताए । उनि भन्छन् अलैचि खेति सुरुवातमा थोरैबाट सुरु गरेको थिए, हाल दुई हजार भन्दा बढी बोटाहरु छन् । आम्दानीको राम्रो श्रोत बनेको छ । खेतिलाई ब्यवसायीक रुपमा अघाडी बढाईरहेको समेत बोहराले बताए ।
बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीका केही किसानहरु पनि अलैचि खेतीलाई ब्यवसायीक रुपमा अघाडी बढाईरहेका छन् ।
अलैचि खेती गर्दा छोराछोरीलाई पढाउन, लेखाउनमा सहयोग हुनका साथै घरखर्च धान्न पनि सहयोग पुगेको बताउन्छन् बडीकेदार ४ का कृषक घन बहादुर मौनी । उनि भन्छन् अलैचि निकाल्ने समयमा मात्र अलि मिहनत गर्नुपर्छ अरु समयमा त कुनै दुख र मेहनत गर्नु पर्दैन । हाल उनले एक हजार भन्दा बढी बोटाहरु लगाउनुका साथै अलैचिका बोटाहरु बिक्री बितरण गर्ने गरेको समेत बताए । गाउँघरको मुल्य अनुसार बार्षि करिब ४०,५० हजार बराबरको बिक्री गर्ने गरेको समेत बताए ।
उनि मात्र होईनन् अचैची खेतिलाई ब्यवसायीक रुपमा अघाडी बढाईरहेका वडीकेदार ४ का अर्का किसान भक्त जेठराले पनि अलैचि खेतीबाट फाईदा हुने गरेको बताए । उनि भन्छन थोरै लगानी र थोरै मिहनतमा धेरै आम्दानी हुने खेतीको रुपमा अलैचि पर्ने गरेको समेत बताए । अलैचि खेतिलाई थप बिस्तार गरिरहेको समेत बताए ।
गत आर्थिक बर्षको समयमा बडीकेदार ४ का अधिकांश किसानहरुले कृर्षि ज्ञान केन्द्रको सहयोगमा अलैचिका बोटाहरु लगाएका थिए ।
डोटी जिल्लामा अलैची खेतिको राम्रो सम्भावना रहेको बताउन्छन कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरु । उनि भन्छन डोटी जिल्ला खाद्यान्न बालिभन्दा फलफुलको राम्रो सम्भावना रहेको छ । त्यसमा पनि केही पालिकाहरु अलैचि खेतिको लागि उच्च सम्भावना युक्त छन् । डोटी जिल्लामा अलैचि प्रवद्धन कार्यक्रम अन्तरगत पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिकामा सहयोग गरिरहेका समेत प्रमुख पनेरुले बताए ।
अलैचि खेतीका लागि हावापानिको हिसाबले मध्ययम पहाडी जिल्लाहरुमा लगाउन उपयुक्त हुने भएकोले डोटी जिल्ला पनि सम्भाबित जिल्ला अन्र्तगत पर्दछ । डोटीको पुर्बिचौकी, जोरायल, बडीकेदार र केआई सिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिका उच्च सम्भावना युक्त ठाउँ रहेकोले उक्त क्षेत्रका किसानहरुलाई ब्यवसायीक रुपमा अलैचि खेती गर्न प्रमुख पनेरुले आग्रह समेत गरेका छन्, कृषि ज्ञानकेन्द्रले अलैचि ब्यवसायीक किसानहरुलाई सहयोग गर्ने समेत बताए ।
डोटी जिल्लामा अलैचि खेति ३ हेक्टर क्षेत्रफलमा गरिदै आएको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ । जसमा १ मेट्रीक टन उत्पादन र ०.३ मेट्रीक टन उत्पादकत्व रहेको समेत ज्ञान केन्द्रले जानकारी दिएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.