
डोटी/हलिया मुक्ति समाज डोटीले सात बुँदे घोषण पत्र जारी गदै जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
डोटीको सिलगढीमा राष्ट्रिय हलिया मुत्ति समाज डोटी सम विकास केन्द्र नेपाल र एक्सन एड नेपालको सहकार्य जिल्ला सम्मेलन आयोजन गरीएको थियो ।
घोषणा पत्रमा नेपाल सरकार संग भएको ५ बुदे सहमती र १० बुदे सिफरीस यथाशिग्र कायन्वन गर्न र मुक्ति हलियाको सबै हक हितमा काम गर्न घोषणा पत्रमा भनिएको छ ।
कार्यक्रमको सभापति मुक्त हलिया समाज डोटीका अध्यक्ष बजिर नेपालि रहेको कार्यक्रको प्रमुख अथिति डोटी जिल्ला समन्वय समिति संयोजक लक्ष्मण बहादुर सिंह रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै डोटी जिल्ला समन्वय समिति संयोजक सिंहले मुक्त हलियाका लागी समन्वय बाट हुने सहयोग सहदैव रहने बताए । साथै स्थानिय तह बाट पनि मुक्त हलियाका लागी आवश्यक पहल गर्ने बताए ।
कार्यक्रमको बारेमा सहजीकरण सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले गरेका थिए ।
डोटी जिल्लामा एक हजार दुई सय १० जनाले हलिया परिचयपत्र पाएका छन् । जसमा दुई सय २५ जनाले क वर्गको, ५ सय ५७ जनाले ख, ८३ जनाले ग र ३ सय २७ जनाले घ वर्गको परिचय पत्र पाएका छन् । ११ सय २३ जना पुर्नस्थापना भएका छन् ।