Sujang

डोटीमा मिनी ट्रक दुर्घटना

डोटीमा रोकेर राखेको मिनी ट्रक दुर्घटना भएको छ। वुधवार जिल्ल्लाको दिपायल सिलगढी नगरपालिका ५ जिरो प्वाइन्टमा से १ क ११५९ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

व्यापारीक प्रयोजनको लागी समान बोकेको उक्त ट्रक रोकेको समयमा वट लगाएको वेला एक्कासि व्याग भएर सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। सवारी चालक फरार रहेका र उनको खोजी भइरहेको बताइएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.