Sujang

आगलागी पीडितलाई नगर पालिकाको राहत सहयोग

सिलगढी – दिपायल सिलगढी पालिका – ९ कलेनामा भएको आगलागी पीडित परिवारलाई नगर पालिकाले राहत उपलब्ध गराएको छ ।

दिसिनपाले सोमबार राती बिधुक्त सर्ट भएर घरमा आगलागी भएको शंकर साउँदको परिवारलाई राहत प्रदान गरिएको हो ।

नगर पालिकाले तत्काल खाद्यान्न, बलान्केट, त्रिपाल सामग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको नगर प्रमुख बाजि सिं खड्काले बताए ।

नगर प्रमुख खड्का अनुसार चामल २५ किलोका २ बोरा, नुन ,तेल, दाल , त्रिपाल र ब्लान्केट सहयोग उपलब्ध भएको छ ।

नगर प्रमुख खड्काले भने,´ अहिले तत्काल थोरै भए पनि सहयोग पुगोस् भनेर राहत लिएर घरमा आएका हौँ । आगामी दिनमा नगर पालिकाको पूर्ण साथ सहयोग रहने छ।´

विद्युत् तार सर्ट भएर सोमबार राती १० बजे आगलागी हुँदा दिसिनपा – ९ को कनेला गाउँका शंकर साउँदको घर जलेर नष्ट भएको थियो । प्रहरी मुचुल्का अनुसार आगलागीबाट १५ लाख बराबरको क्षति भएको थियो ।

पीडित साउँदका अनुसार राती विधुत्त सर्ट हुँदा घरमा भएको सबै खाद्यान्न , नगद २ लाख ४० हजार, लत्ताकपडा ,तीन तोला सुन, सबै डकुमेन्ट , भाँडाकुँडा लगायतका सामग्री जलेर नष्ट भएको बताए ।

उनले भने,´ परिवारका सदस्य भागेर बाच्न सफल भयौँ । घरमा भएको सबै सामान जलेर नष्ट भयो ।अब के खाने कसरी परिवार पाल्ने भन्ने निक्कै चिन्ता लागेको छ। सहयोग गरिदिन सबैमा अनुरोध गर्दछु।`

बुधवार आगलागी पीडितको घरमा पुगेर नगर प्रमुख खड्का र उप प्रमुख कल्पना साउँदले राहत सामग्री वितरण गरेका हुन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.