Sujang

डोटीमा समाजवादीले समानुपातिकमा २ हजार ३७३ मत मात्रै पायो

एउटा मात्रै प्रतिनिभि सभा रहेको डोटीमा नेकपा (एकिकृत समाजवादी) पार्टीले समानुपातिक तर्फ २ हजार ३७३ मत मात्रै पाएको छ ।

प्रतिधिसभामा प्रत्यक्षतर्फ समाजवादीका प्रेम बहादुर आले मगर २७ हजार २१० मत सहित विजयी भएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आले गठबन्धनकै मतले विजयी भएका थिए । समानुपातिक तर्फको मत हेर्दा उनको पार्टी जिल्लामा कमजोर देखिएको छ ।

प्रतिनिधी सभातर्फ समानुपातिक नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येका अनुसार प्रतिनिधी सभामा कांग्रेसले २२ हजार ५ सय १६ मत पाएको छ भने नेकपा एमालेले २२ हजार ४ सय ५६ मत पाएको छ । कांग्रेसले एमाले भन्दा ६० मत बढी प्राप्त गरेको हो । तेस्रो स्थानमा भने नेकपा माओवादी केन्द्र रहेको छ । केन्द्रले ६ हजार ९ सय २४, एकिकृत समाजबादीले २ हजार ३ सय ७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार २ सय ४८ मत प्राप्त गरेको छ ।

उता प्रदेश सभा तर्फ भने नेकपा एमालेको अग्रता छ । एक प्रतिनिधी सभा तथा २ प्रदेश सभा सदस्य सीट रहेको डोटीमा प्रदेश तर्फ कुल मत एमालेले २२ हजार ७ सय ५३ मत पाएको छ । जसमा एमालेले प्रदेश १ बाट १३ हजार ९५ र २ बाट ९ हजार ६ सय ५८ मत जोडेको छ ।

कांग्रेसले प्रदेश सभा १ मा १२ हजार ४६ तथा प्रदेश २ बाट ९ हजार ७ सय ९१ मत गरी कुल २१ हजार ८ सय ३७ मत पाएको छ । कांग्रेसले प्रदेश २ मा एमालेभन्दा बढी मत बटुलेपनि प्रदेश १ मा कम मत पाएको छ । माओवादीकेन्द्रले प्रदेश १ बाट एक हजार ९ सय ८० तथा प्रदेश २ बाट ४ हजार ३ सय १८ मत गरी कुल ६ हजार २ सय ९८ पाएको छ । एकिकृत समाजबादीले ३ हजार ८ सय ३३ मत मात्र ल्याएको छ जसमा प्रदेश १ बाट एक हजार ७ सय ४३ तथा प्रदेश सभा २ मा २ हजार ९० मत पाएको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.