

अछामका दुई प्रतिनिधि सभा र ४ प्रदेश सभाकाे अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार प्रतिनिधि सभामा एउटा एकीकृत समाजवादी र एउटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ ।
प्रदेश सभाका चार सदस्यमा दुईमा नेपाली कांग्रेस र दुईमा माओवादी केन्द्र विजयी भएको छ ।
क्षेत्र नम्बर १ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एकीकृत समाजवादी शेर बहादुर कुँवर १९ हजार ५३४ मत सहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बहादुर बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभयाे ।
अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पुष्प बहादुर शाहले २२ हजार ९५४ मत प्राप्त गर्दै विजयी हुनुभयाे । उहाँका निकटतम् प्रतिदद्वन्दी नेकपा एमालेका यज्ञ बहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गर्नुभयो ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्काले १२ हजार ३ सय ३७ प्राप्त गर्दै विजयी बन्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत ल्याउनुभयाे ।
अछाम क्षेत्र न १ प्रदेश सभा (२) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका झपट साउँदले १२ हजार ११५ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाउनुभयाे ।
यता अछाम क्षेत्र नं. २ को प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अक्कल बहादुर रावलले ११ हजार २३१ मत ल्याई बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बहादुर बिष्टले ८ हजार ४ सय ५२ मत प्राप्त गर्नुभयो ।
अछाम क्षेत्र नम्बर २, प्रदेश सभा (२) मा नेपाली कांग्रेसका मान बहादुर रावल विजयी हुनुभएको छ ।
सम्पन्न मत गणना अनुसार रावल ११ हजार २१६ मत प्राप्त गरि विजयी हुनुभयाे । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिव प्रसाद उपाध्यायले ८ हजार ६६४ मत पाउनु भयाे । सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीकाे साथ पाउनु भएका रावल २ हजार ५५२ मतान्तर सहित बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो ।
निर्वाचित मध्ये क्षेत्र नम्बर २ का पुष्प बहादुर शाह, प्रदेश सभा १(१) का मेघराज खड्का, १(२) का झपटबहादुर साउँद र क्षेत्र नम्बर २(२) का मान बहादुर रावल पहिलो पटक संसदीय यात्रा तय गर्ने भएका छन् । उनीहरु पहिलाे पटक संसदमा प्रवेश गर्दैछन् ।
क्षेत्र नम्बर १ का शेरबहादुर कुँवर २०६४ मा नेकपा एमालेबाट निर्वाचित सांसद हुन् भने २०७४ मा राष्ट्रिय सभाका सांसद हुँदै हाल एकीकृत समाजवादीमा रहेर श्रम मन्त्री रहनु भएको छ ।
याे निर्वाचनमा अछामबाट नेकपा एमालेले कुनै स्थान प्राप्त गर्न सकेन।
२०७४ मा एमाले र माओवादी गठबन्धन हुँदा शत प्रतिशत नतिजा ल्याएकाे अछाममा हाल सत्ता गठबन्धनले शत प्रतिशत नतिजा ल्याएकाे छ ।